२१ मंसिर २०८१, शुक्रबार | Sat Dec 7 2024

त्रिशूली अपडेट : पानी भित्र हेर्न मिल्ने ड्रोन क्यामरासहित बस र यात्रुको खोजी चल्दै



काठमाण्डौ असार २९, – त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टमसहित खोजी शुरु भएको छ । डुङ्गामा जडान गरेर पानी भित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउँछ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं।१७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ३५ जनाको सुरक्षाकर्मी खोजीकार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।

प्रकाशित मिति : ३० असार २०८१, शनिबार  ५ : २५ बजे