७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

फरार अभियुक्त धमाधम पक्राउ गर्दै



कोहलपुर बाँके फगुन १, इलाका प्रहरी कार्यालय कोहलपुरले बिभिन्न किसिमका अपराध गरी फरार हुँदै आएका प्रतिवादीहरूलाई पक्राउ गर्न थालेको छ।

कैद तथा जरिबाना तोकी फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी प्रभावकारी फैसला कार्यान्वयन गर्नको लागि जिल्ला प्रहरी कार्यालय, बाँकेले विशेष अभियान सञ्चालन गरेसँगै अपराधिहरुको खोज तलास तिब्र बनाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी तिवारीले जानकारी दिए।

अभियान चलाइएपछि फरार अभियुक्त र प्रतिवादीको पक्राउ संख्यामा पनि वृद्धि भएको छ। इप्रका कोहलपुरले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा बिभिन्न अपराधमा संलग्न रही अदालत बाट दोषी ठहर भएका १३ जना फरार अपराधिलाई पक्राउ गरी अदालत समक्ष पेश गरीएको र निजहरुबाट जम्मा १२ बर्ष ५ महिना २६ दिन कैद र रू।८०,०००र( जरिवाना असुल गरेको छ ।

आईतबार मात्रै सवारी ज्यान कसुर मुद्दामा २ बर्ष १० महिना ३ दिन कैद सजाय तोकिएका राप्ती सोनारी गाँउपालिका वडा नं।१ बस्ने पुर्ण बहादुर कुमाल र जातीय विभेद मुद्दामा रु।५०,०००र( जरिवाना तोकीएका बैजनाथ गाउपालिका वडा नं। ४ बस्ने तिलक खप्तरी मगरलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको थियो ।

यस्तै सोमबार जबर्जस्ती जबरजस्ती करणी मुद्दाको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नम्बर ५ गेटा नहरटोल बस्ने बर्ष ३९ को गोबिन्द प्रसाद बोहरा पक्राउ परेका हुन् । बोहरा माथि शारिरीक अपाङगता भएकी बर्ष ३० की महिलामाथि जबर्जस्ती करणी गरेको आरोप छ ।

पिडितको अनुहारमा भएको दागको समस्या हटाउने औषधी आफुसँग भएको पुर्णरुपमा निको हुने तथा बिहे समेत गर्ने प्रलोभनमा पारी पीडित महिलालाई जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं। २ मनकामना चोक स्थितमा डेरा कोठा लिई पटक पटक जबरजस्ती करणी गरेको डिएसपी तिवारीले बताए । साथै उक्त कुरा कोही कसैलाई भनेमा झारफुक गरी भस्म गराई दिने भनी डरत्रास समेत पीडितलाई देखाएको डिएसपी तिवारीले भने ।

फरार अभियुक्त र प्रतिवादी पक्राउ अभियान अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ४ : ०८ बजे