७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

अटो व्यवसायीको समस्या समाधान गर्न प्रतिबद्ध छौ, अध्यक्ष खनाल




बाँके फागुन ३०( मध्यपश्चिम जनसेवा यातायात प्रालि कोहलपुरका अध्यक्ष विश्व राज खनालले अटो व्यवसायीको समस्या समधान गरिने बताउनु भएको छ । बुधबार अटो व्यवसायीहरूसँग गरिएको छलफलमा उहाँले यस्तो बताउनु भएको हो ।

छलफलमा व्यवसायीले भोगिरहेको समस्या समाधान गर्ने विषयमा मध्यपश्चिम जनसेवा यातायात प्रालि सकारात्मक रहेको बताउदै व्यवसायको हक र हितको लागि आवश्यक पहल गरिने उहाँको भनाइ रहेको छ ।

उक्त अवसरमा बोल्दै मध्यपश्चिम जनसेवा यातायात प्रालिका कोषाध्यक्ष कृष्णप्रसाद पोखरेलले सबल नीति नियम लागू गरिने बताउनु भएको छ ।

अटो व्यवसायको समस्या समाधान गर्न मध्यपश्चिम जनसेवा यातायात प्रालि लागि परेको बताउनु भयो । कोहलपुरमा संचालनमा रहेका अटोलाई अटो नम्बर अनुसार संचालनमा ल्याइने जनाउदै कोहलपुर भन्दा अन्य स्थानमा पनि आवतजावतका लागि पहल गरिने बताउनु भयो । अटो व्यवसायीहरूले पार्किङको समस्या, भाडादर कायम गरिदिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ४ : ३३ बजे