७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

गाडिले ठक्कर दिदा एक जनाको मृत्यु




शिवानी विक कोहलपुर बाँके चैत ४, कोहलपुर नगरपालिका वडा नं. ३ मैटहवामा फोर्स गाडिले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । कोहलपुरबाट धनगढी तर्फ जाँदै गरेको लु २ ख ४४९२ नम्बरको फोर्स गाडि र मैटहवाबाट कोहलपुर तर्फ आउदै गरेको भे १२ प ४०५३ नम्बरको रोड क्रस गर्दै गरेको मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकलमा सवार कोहलपुर वडा नं. १५ बस्ने ५७ बर्सिय अटानी थारु मृत्यु भएको प्रहरीले जनाएके छ ।

थारुलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको र उपचारको क्रममा थारुको मृत्यु भएको प्रहरिले जनाएको छ । फोर्स गाडी र चालक प्रहरिको नियन्त्रणमा रहेको छ । मोटरसाईकल चालक कोहलपुर १५ का ६२ बर्षिय मगता थारु भने सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ९ : ४६ बजे