७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

१७.५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ




कोहलपुर बाँके चैत ७ – ब्राउन सुगरसहित जिल्ला प्रहरी बाँकेको टोलीले दुई जनालाई पक्राउ गरेको छ । भारतको रुपइडिहाबाट नेपालगन्ज ल्याउदै गरेको अवस्थामा १७.५ ग्राम ब्राउन सुगरसहित बाँके प्रहरीको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

ब्राउन सुगरसहित पक्राउ पर्नेमा भारतको बहराइच बस्ने सलिम सा र तुलसीपुर(३ का वीर बहादुर बिक रहेका छन् ।

विशेष सूचनाका आधारमा उनीहरुलाई पिछा गर्दै जादा प्रहरीले आज बिहान ९ बजे नेपालगन्ज(१० को कार्यालय अगाडिबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्ने भारतका सलिम डिलर र बिक खरिदकर्ता रहेको पाइएको छ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ६ : २९ बजे