६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

बैजनाथमा संचालन गरीएको धार्मिक महा–आरती सम्पन्न




कोहलपुर बाँके चैत ८– बैजनाथ गाउँपालिका ५ वनखेत शिवालय टोलमा श्रृङ्गारिक महा– आरती धर्म जागरण महा– महोत्सव २०८०’ बिहिबार सम्पन्न भएको छ । शिवालय मन्दिरको सर्वाङ्गीण विकास, धर्मशाला निर्माणर्थ र अक्षयकोष स्थापनार्थ गर्नका लागि महा–आरती गरीएको थियो । गत चैत १ गते बाट सुरु गरीएको महा–आरती वैदिक विधि अनुसार विर्सजन गरिएको छ ।


विहानदेखि नित्य पुजाबाट शुरु भएका धार्मिक कार्यक्रम आज बिहान समापन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खिलबहादुर पौडेलले जानकारी गराए । बैजनाथ गाउँपालिका ५ वनखेत शिवालय टोलमा श्रृङ्गारिक महा– आरती धर्म जागरण महा– महोत्सव २०८०’ वैदिक विधि अनुसार धार्मिक कार्यक्रम दैनिक रुपमा सञ्चालन गर्ने गरिएको थियो ।


महाआरती मेलालाई विशेष महत्वका साथ आयोजना गरिएको र भक्तजनको ठूलो घुईचो लागेको मूल समारोह समितिका संयोजक दिपेन्द्र शाह युगान्तले जानकारी दिनु भएको छ । शिवालय मन्दिर महत्वपूर्ण स्थल हो, यसको निर्माण गरि यस क्षेत्रको विकास र पर्यटन प्रवद्र्धन गरीने उहाँले बताउनु भयो ।


महाआरती अपेक्षा गरे अनुसारको सफलता प्राप्त भयो ‘ म सम्पुर्ण भक्तजन तथा दाताहरुलाइ धन्यवाद दिन्छु भन्दै’ धार्मिक महोत्सवले मन्दिरको विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । उहाँले महोत्सवबाट अपेक्षा अनुसारको उपलब्ध भएको र थप सहयोगका निम्ति आफु सधैं तयार रहेको बताउनु भयो ।
महोत्सवका संयोजक दिपेन्द्र शाहको अध्यक्ष्तामा सम्पन्न भएको समापन सत्रमा महोत्सवमा सहयोग गर्ने धार्मिक गुरुहरुलाई सम्मान गरीएको थियो । उक्त अवसरमा समाजसेवी ,बुद्धिजीवी ,राजनीतिकदलका प्रतिनिधि भक्तजन लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १२ : २० बजे