७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बिजुलीको तार चुँडिदा दाङमा करेन्ट लागेर तीन जनाको ज्यान गयो



दाङ चैत ११, – दाङमा बिद्युतको तार चुँडिएर भएको दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन जना पुगेको छ । राप्ती गाउँपालिका–३ मा हिजो दिउँसो बिद्युतको तार चुँडिएर घरको आँगनमा पुग्दा एकै घरका तीन जनाको ज्यान गएको हो । चुँडिएको तारले शुरुमा चार बर्षका बालकलाई छोएको र उनलाई बचाउन जाँदा बालकका हजुरबुबा र हजुरआमाको पनि ज्यान गएको हो ।

ज्यान गुमाउनेहरुमा ६० वर्षका गोरखबहादुर केसी, उहाँकी श्रीमती ५५ वर्षकी दिलसरा र नाती चार वर्षका कृष्ण रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । करेन्ट लागेर घाइते भएकामध्ये हजुरआमा र नातीको लमही अस्पतालमा र हजुरबुबाको बुटवलमा उपचारको क्रममा ज्यान गएको हो ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ५ : ३२ बजे