७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नगर शिक्षा शाखामा अनिश्चितकालिन तालाबन्दी



कोहलपुर बाँके चैत २७- कोहलपुर नगरपालिका शिक्षा शाखामा आज तालाबन्दी गरिएको छ ।

नगरपालिका स्तरिय कक्षा ८ को नतिजामा शंकास्पद रहेको भन्दै आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ती जारी गर्दै नगर शिक्षा शाखामा तालाबन्दी गरेका हुन् ।

सो समितिको संयोजक कोहलपुर नगरपालिका १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहको नेतृत्वमा ५ सदस्यीय समिति गठन भएको थियो । सो समितिलाई समेत शंकाको घरेमा रहेको भन्दै पुनः नयाँ समितिको माग गर्दै नगर शिक्षामा तालाबन्दी गरेका हुन् । कोहलपुर नगर शिक्षा शाखाले चैत २३ गते नतिजा सार्वजनिक गरेको थियो ।

विद्यार्थी हक र अधिकारका लागि र कोहलपुर नगरपालिकाको आधारभूत तह उतिर्ण परिक्षाको परिक्षाफल निष्पक्ष छानबिनका लागि कोहलपुर नगरपालिकाको शिक्षा शाखा विरुद्ध चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषण गर्दै अनेरास्ववियुले आज कोहलपुर नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको हो ।

कक्षा ८ को परिक्षाको नतिजालाइ लिएर उत्पन्न परिस्थितिबारे कोहलपुर नगरपालिकाको सभा हलमा आज दिउँसो ३ बजे सर्वदलीयरसर्वपक्षीय छलफल कार्यक्रमको आयोजना गरिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ९ : ३३ बजे