७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इन्डोनेसियामा ६.५ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी




एजेन्सी चैत २७- इन्डोनेसियाको पूर्वोत्तर मालुकु प्रान्तमा मङ्गलबार ६.५ म्याग्निच्युडको भूकम्प गएको छ ।
स्थानीय समयअनुसार अपरान्ह ४ बजेर ४८ मिनेटमा भूकम्प गएको र यसको केन्द्रविन्दु उत्तरी हलमहेरा रिजेन्सीबाट ८७ किलोमिटर उत्तरपश्चिममा १० किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्पको धक्का देशको अधिकांश भाग र छिमेकी मुलुकसमेतमा महसुस गरिएको जनाइएको छ ।

इन्डोनेसियाको राष्ट्रिय मौसम पूर्वानुमान निकायले भूकम्पपछि तटीय क्षेत्रमा सुनामी आउनसक्ने चेतावनी जारी गरेको छ । प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सुनामीबाट बच्न आवश्यक सावधानी अपनाउन निर्देशन जारी गरेको छ ।

प्रान्तीय मौसम विज्ञान एजेन्सीका प्रमुख फेहबी आल्टिङले भूकम्पको कडा धक्का महसुस गरिएको भएपनि अहिलेसम्म कुनै क्षति वा हताहत भएको खबर प्राप्त भएको छैन । ‘प्यासिफिक रिङ अफ फायर’ भनेर चिनिने इन्डोनेसियामा भूकम्पको निकै जोखिम रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ३ : ४३ बजे