७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एसईई परीक्षामा चिट चोराउने धरौटीमा रिहा




कोहलपुर बाँकेचैत २८,- नेपालगन्जमा एसईई परीक्षामा प्रविधिको प्रयोग गरी चिट चोराएको आरोपमा पक्राउ परेको चार जनालाई धरौटीमा छाडिएको छ ।

नेपालगन्जमा रहेको जिभिएन परीक्षा केन्द्रमा ह्वाटशप ग्रुप बनाएर प्रश्नपत्र आउट गरी उत्तर पठाएको फेला परेपछि अनुसन्धान गर्दै प्रहरीले शिक्षक र कन्सल्टेन्सीका गरी पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।

परिक्षाको मर्यादा बिपरितका गतिबिधिमा संलग्न ५ जनालाई नै प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरेको थियो । त्यस मध्ये एक नावालक भएकोले बाल ईजलासमा पेश भएको छ ।

बांकी ४ जनालाई शिक्षा ऐन बमोजिम परिक्षाको मर्यादा बिपरितको कसुर र सजायको माग दाबि सहित प्रशासन समक्ष पेश भएकोमा प्रजिअ पोखरेलको आदेशले पृन्सिपल र शिक्षक दुवैलाई जनही रु ६०र६० हजार र कन्सल्टेन्सिमा फेला परेका २ जनालाई जनही रु ३०र३० हजार धौरौटिमा छाडेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ९ : ५७ बजे