७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मोटरसाइकल दुर्घटनामा परी शिक्षकको मृत्यु




कोहलपुर बाँके चैत ३०, मोटरसाइकल दुर्घटनामा परी कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पसका शिक्षक हरी प्रसाद अधिकारीको मृत्यु भएको छ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ गैर चोक नजिकै दुई वटा मोटसाइकल एकआपसमा ठोकिँदा कोहलपुर ८ पिपिरि बस्ने वर्ष ४५ को हरी प्रसाद अधिकारीको मृत्यु भएको हो ।

शुक्रबार पश्चिम बाट पूर्व तर्फ आइरहेको भे ११ प ५२२१ नम्बरको मोटरसाइकल र पूर्व बाट पश्चिम तर्फ गइरहेको भे ७ प ९२०९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।

सोही दुर्घटना परी अर्का मोटरसाइकल चालक बर्दियाको बारबर्दिया नगरपालिका १ बस्ने वर्ष ३४ को धन सिंह बूढा घाइते भएका छन्। उनको टाउको, अनुहार र दुवै हातमा चोट लागेको छ । अवस्था भने माध्यम रहेको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ११ : १० बजे