७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ज्यान गुमाएका तीन जनाकै परिचय खुल्यो



काठमाण्डौ बैशाख ७, – दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा जाँदै गरेको जन्ती बस दुर्घटना हुँदा ज्यान गुमाएका तीन जनाकै परिचय खुलेको छ ।

ज्यान गुमाउनेमा दोलखाको भीमेश्वर नगरपालिका–१ का १७ वर्षका शिव श्रेष्ठ, ७० वर्षका मानबहादुर थामी र १९ वर्षका दीपेन्द्र थामी रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।

दुर्घटनामा बेहुलासहित ५२ जना घाइते भएका छन् । बा ४ ख ५६१६ नम्बरको जन्ती बस बिहान साढे ७ बजे त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–५ पिस्कर धारावतीमा दुर्घटना भएको हो । घाइतेमध्ये गम्भीर घाइते भएका चालकसहित सात जनाको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ७ : ३३ बजे