७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

रासायनिक मलको ढुवानी सुरु



सिन्धुपाल्चोक बैशाख ७, – चीनबाट आयात गरिएको रासायनिक मल सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयबाट काठमाण्डौ ल्याउने गरी ढुवानी भएको छ । झण्डै ११ महिना गोदाममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै ढुवानी शुरु भएको हो ।

कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि मल काठमाण्डौ पठाउन थालेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो । उहाँका अनुसार तीन हजार पाँच सय टन मलमध्ये एक हजार दुई सय टनभन्दा धेरै मल जाँच पास भएर काठमाण्डौ ढुवानी भएको र बाँकी मल पनि जाँच पासको प्रक्रियामा रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ७ : ३७ बजे