७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ललितपुरमा भूकम्पले भत्किएका पाटी पौवा पुनःनिर्माण



काठमाण्डौ बैशाख ७, – ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले २०७२ सालको भूकम्पले भत्किएका एक सय ५० पाटी पौवा पुनःनिर्माण गरिएको जानकारी दिनुभएको छ । विश्वसम्पदा दिवसको अवसरमा उहाँले ललितपुरको सम्पत्ति नै सम्पदा भएको बताउनुभयो । यसको संरक्षणका लागि महानगर सधैँ सक्रिय रहेको र वर्षौंदेखि रोकिएका प्राचीन जात्रालाई निरन्तरता दिन थालिएको बताउनुभयो ।

विश्वसम्पदा जोगाउन ललितपुर महानगरपालिकाले शून्य सहनशीलताको सिद्धान्त अपनाउँदै आएको मेयर महर्जनको भनाई छ । विश्वसम्पदा दिवसकै सन्दर्भमा पाटनमा कलाकार मनिषलाल श्रेष्ठले बनाएको एक हजार तीन सय ३६ मिटर लामो धागोका प्रतिस्थापन कला प्रदर्शनी गरिएको थियो ।

रङ्गीन धागो महानगरका मेयर महर्जनले शरीरमा बेरेर दिवस उद्घाटन गर्नुभएको थियो । प्रमुख महर्जनले उद्घाटन गरेपछि उपस्थित अरु सबैले शरीरमा धागो बेर्दै पाटन दरबार परिसरका सम्पदा घेरेका थिए । हिजो विश्व सम्पदा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ७ : ४९ बजे