७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

जमुनाहा नाका आजदेखि तीन दिन बन्द




कोहलपुर बाँके वैशाख २९,- बाँकेको नेपाल–भारत जमुनाहा नाका आजदेखि तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका शुक्रबार बेलुकादेखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

निर्वाचनलाई लक्षित गरेर दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा समेत रोक लगाइएको छ । लोकसभा निर्वाचनलाई दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्ती गर्दैआएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ९ : १५ बजे