७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

चितुवाको आक्रमणबाट बर्दियामा तीन जना घाइते




बर्दिया जेठ २, – बर्दियामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । आज राष्ट्रिय निकुञ्ज भित्रबाट आएको चितुवाको आक्रमणबाट ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ६ बनखेत गाउँका २४ वर्षकी राममाया चौधरी, ५० वर्षका होलुराम थारु र २३ वर्षका हिमाल अधिकारी घाइते भएका शिवपुर उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्र बुढाले जानकारी दिनुभयो ।

घाइते तीनै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाएको अध्यक्ष बुढाले बताउनुभयो । उनीहरूलाई घरखेतमा हिँडिरहेका बेला चितुवाले आक्रमण गरेको हो ।

चितुवाको आक्रमणबाट एउटै गाउँका तीन जना घाइते भएपछि स्थानीयवासी त्रसित भएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  १२ : २९ बजे