७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मुगुमा विद्यार्थी बोकेको जिप दुर्घटना हुँदा ११ जना घाइते



कर्णाली जेठ १०, बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा हुँदा ११ जना भएका छन् । मुगुको खत्याड गाउँपालिका(२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।

उनकाअनुसार जीपमा सवार ११ जना विद्यार्थी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि रातापानी प्राथमिक स्वास्थ चौकी लगिएको छ । घाइतेहरु खतरामुक्त रहेको उनले बताए ।

बाजुराको कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयका विद्यार्थी शैक्षिक भ्रमणका लागि उक्त जिपमा रारातर्फ गइरहेका थिए ।

घटनाको एकिन विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ११ : २१ बजे