७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बाँकेमा चट्याङ लागेर एकको ज्यान गयो




बाँके जेठ १३- बाँकेमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । तीन जना महिला घाइते भएका छन् ।

राप्तीसोनारी गाउँपालिका–८ खल्ला गाउँकी ४० वर्षीया पुतला खत्रीको आज अपराह्न साढे ४ बजेतिर परेको चट्याङबाट घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी ढकेरीले जनाएको छ ।

आफ्नो गाउँदेखि अन्दाजी एक किलोमिटर उत्तरतर्फ रहेको घण्टेश्वरी सामुदायिक वनमा बाख्रा चराउन गएको अवस्थामा हावाहुरी र पानीसहित परेको चट्याङबाट सोही ठाउँका ४२ वर्षकी देबा घर्ती, ३६ वर्षकी लिला खत्री र २६ वर्षकी कलसी बुढा घाइते हुनुभएको प्रहरीले जनाएको छ । घाइते सबैको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । चट्याङ लागेर तीन वटा बाख्रा पनि मरेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ४ : ३९ बजे