७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

४ सय रुपैयाँले सुनको भाउ बढ्यो




काठमाण्डौ जेठ १५,– सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज ४ सय रुपैयाँले बढेर तोलामा १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३७ हजार २ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ४० रुपैयाँले बढेर तोलाको १ हजार ९ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा १ हजार ८ सय ८० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ६ : ५५ बजे