६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या जापानमा ३० पुग्यो [अपडेट]



जापान पुस १७-जापानमा सोमबार गएको शक्तिशालीमा भूकम्पमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ ।सोमबार इसिकावा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण जापानका विभिन्न ठाउँमा भवनहरू भत्किएका छन् भने केही ठाउँमा पहिरोसमेत गएको छ ।

त्यस्तै केही ठाउँमा आगलागीसमेत भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । २०० भन्दा बढी भौतिक संरचनामा लागेको आगो निभाइएको जापान टाइम्सले जनाएको छ ।

जापानमा करिब ५ वर्षपछि ७.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि स्थानीय प्रशासनले सुनामीको चेतावनी दिएको थियो । तटीय क्षेत्रबाट मानिसहरूलाई उद्धार गर्न पनि प्रशासनले निर्देशन दिएको थियो ।

मंगलबार भने उक्त चेतावनीलाई एडभाइजरीमा परिणत गरिएको छ । जापानी प्रधानमन्त्री फुमियो किसिदाले भूकम्प प्रभावित क्षेत्रका नागरिलाई तत्काल राहत तथा उद्धार गरिने प्रतिबद्धता जनाएकाछन् ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ८ : ०६ बजे