७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मेयर शाह ब्राजिल प्रस्थान



काठमाण्डौ असार ३, – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल जानुभएको छ ।

आउँदो बुधवार र बिहीवार ब्राजिलको साओ पाउलोमा बैठक हुँदैछ । मेयर शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुनुहुन्छ । मेट्रोपोलिस विश्वका ठूला महानगरका बीचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने उद्देश्यका साथ स्थापित अन्तर्राष्ट्रिय संस्था हो ।

शहरी आवास र भवनहरूको विषय निर्देशक बोर्डमा छलफलको मुख्य विषय रहेको छ । शहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ ।

बैठकमा मेयर शाहले पनि सम्बोधन गर्नुहुने छ । बैठकले विश्व परिवेशका भिन्न भिन्न स्थानीय अनुभव, प्रयास र नतिजा तथा प्रमाणमा आधारित समाधान दिनेछ । शाह यही असार ८ मा स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : ४ असार २०८१, सोमबार  ११ : ५८ बजे