६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

मध्यवर्ती क्षेत्रको दिर्घकालीन रुपमा समाधान खोज्न आग्रह



कोहलपुर बाँके पुस १८- कृषि, सहकारी तथा प्राकृतिक स्रोत संसदीय समितीका माननियसँग
कोहलपुर नगरपालिका १२ चप्परगौंडीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । बाँके जिल्लामा रहेका मध्यवर्ती क्षेत्रका समुदायले भोगेका समस्या र तिनको समस्या समाधानका सम्बन्धमा छलफल गर्नका लागि कोहलपुर आएका संघिय संसद अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत संसदीय समितीका माननियहरूसंग बाँकेका स्थानिय नागरिक हरूका बिच अन्तरसंवाद गरिएको हो ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा नीतिगत व्यवधानका कारण यहाँका नागरिकले समस्या भोग्दै आएका छन् । विकास निर्माणमा उपभोक्ताहरुले विभिन्न खालका काममा जटिलता उत्पन्न भैरहँदा निकुञ्ज र स्थानीय समुदायबीच असमझदारी सृजना भै जैविक विविधता संरक्षणमा असहज हुने गरेको कार्यक्रमका सहभागीले बताएका छन ।

कार्यक्रममा मध्यवर्ती क्षेत्रमा देखिएका समस्याहरुलाई कानूनी रुपमै दीर्घकालीन समाधान गरिदिन यहीँका स्थानीय नागरिकको माग रहेको छ । मध्यवतीं क्षेत्रको समग्र विकास र जैविक विविधताको संरक्षण अभियानमा सहजीकरण गरीदिन राजनितिक दलका, सरोकारवाला निकाय तथा मध्यवती क्षेत्रसँग जोडीएका वडाका वडाध्यक्षहरुले संयुक्त रुपमा माननियहरू संग आग्रह गरेका छन ।

संसदीय समितीलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै उनीहरुले विद्यमान कानुन संशोधन गरेरै भए पनि कानुनी जटिलताको दिर्घकालीन रुपमा समाधान खोज्न आग्रह गरेका हुन् ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ११ : ४७ बजे