७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

३ महिने सांकेतिक भाषाको तालिम आज सम्पन्न




कोहलपुर बाँके असार १८- कोहलपुरमा ३ महिने सांकेतिक भाषाको तालिम आज सम्पन्न गरिएको छ ।
बहिरा अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी गत चैत २० गते सुरु भएको तालिम असार १८ गते सम्पन्न भएको हो ।

बहिरा अपाङ्गता भएका व्यक्तिलाई संचारमा पहुँच पुर्‍याउने उदेश्यले तीन महिने सांकेतिक भाषा तालिमको आयोजना गरिएको थियो ।

कोहलपुर नगरपालिकाको आर्थिक सहयोग, अपाङ्ग नवजीवन केन्द्र कोहलपुर बाँकेको आयोजना तथा कोहलपुर नगरपालिका महिला बालबालिका तथा समाबेशीकरण उप-शाखा, नगरस्तरिय अपाङ्गता समन्वय समितीको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकि उपप्रमुख संगिता सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुको आत्मसम्मान, जीविकोपार्जन र स्वरोजगारका लागि यस्ता तालिमहरु महत्वपूर्ण हुने बताउनु भयो ।

अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र हितमा परिचालन गर्न सक्ने बनाउने कोहलपुर नगरपालिकाले सहयोग गर्ने लामिछानेले प्रतिवद्धता जनाउनु भएको छ ।

समापन कार्यक्रममा कोहलपुर नगरपालिका सामजिक विकास समिति संयोजक इस्वरी प्रसाद बिक
रास्ट्रिय अपांग महासंघका लुम्बिनी प्रदेश सदस्य दयाराम अधिकारी, कोहलपुर नगरपालिका आर्थिक विकास संयोजक अनिता बि सि ,
कोहलपुर नगरपालिका महिला बालबालिका शाखा प्रमुख घटना शाह, सभाअध्यक्ष जंग बहादुर डागि लगायतको उपस्थिति रहेको थियो भने उक्त तालिममा १० जना प्रशिक्षार्थी सहभागी रहेका थिए ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  ३ : ५९ बजे