६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

दक्षिणकालीको थाई गुम्बाको पर्खाल भत्किँयो ६ जना बालिका पुरीए, १ को मृत्यु



काठमाण्डौ असार २९, – काठमाण्डौको दक्षिणकाली नगरपालिका वडा नम्बर ५ डोल्लुमा रहेको थाई गुम्बाको पर्खाल भत्किँदा घाइते भएका ६ जनामध्ये एक जना बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा पाँच वर्षीया पल्जोम तामाङ रहेकी काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् एसएसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

बालिकाको दक्षिणकालीकै मनमोहन अस्पतलामा उपचारका क्रममा ज्यान गएको हो । घाइते हुने अन्य बालिकाहरुमा १२ वर्षीया पासाङ डोल्मा तामाङ, ११ वर्षीया स्याङ्बो शेर्पा, १० वर्षीया सुनिता तामाङ, ८ वर्षीया ममता तामाङ र ८ वर्षीया मनकुमारी तामाङ रहेका छन् । उनीहरुको ५ जनाको उपचार बल्खुको बयोधा अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । उनीहरु सबै गुम्बामा बसेर पढ्दै आएका आनीहरु रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८१, शनिबार  ५ : ३८ बजे