६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

नेशनल प्याबसन बाँकेले गर्यो आश्रमलाई भोजन ग्रहण




कोहलपुर बाँके पुस २७– नेशनल प्याबसन नेपालले सामाजिक उत्तर दायित्व निर्वाह गरी २६ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारी कोहलपुर नगरपालिका ५ मा अवस्थित निलसागर आश्रमका ३५ जना जेष्ठ नागरीकलाई भोजन ग्रहण गराई सम्पन्न गरेको छ नेशनल प्याब्सनले सामाजिक दायित्व अन्तर्गत आश्रममा रहेका आश्रितलाई भोजन ग्रहण र नेशनल प्याब्सन बाँकका सचिव वेद प्रसाद चन्दले आश्रमलाई आर्थिक सहयोग गरेका छन् ।


स्थापना दिवसमा पुण्यको काम गराउने उद्देश्यले आश्रममा रहेका ज्येष्ठ नागरिक र बालवालिकाहरुलाई भोजन गराएको प्याब्सन बाँकेका अध्यक्ष किशोर राज मल्ले बताए । यस्ता खाले सामाजिक कार्य दिवसका रुपमा मात्र नभई यसलाई निरन्तरता दिने बताए ।


कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक इशवरी विकले नेशनल प्याब्सन बाँकेले स्थापना दिवसको शुभकामना दिदैँ नेशनल ब्याब्सनले साह्रानिय कार्य गरेको बताए । शिक्षा क्षेत्रमा गुणस्तर गर्न सामुदायिक र निजि विद्यालय लाग्नुपर्ने जोड दिएका छन् ।


कायक्रममा बोल्दै निल सागर आश्रमकी संयोजक अन्जु न्यौपानेले ले विभिन्न दाताहरुको सहयोगबाट आश्रममा आश्रितहरुलाई राहत पुगेको बताएकी छिन् । नेशनल प्याब्सन बााकेले गरेको सहयोगको सराहना गर्दै धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताईन् ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ७ : २४ बजे