६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

पालिकाले मौसमी कामदार कोरिया पठाउन पाउँदैनन् श्रम मन्त्रालय




काठमाण्डौ माघ ४, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पालिकाहरुले समझदारी गरेर मौसमी कामदारका रुपमा श्रमिकलाई कोरिया पठाउन नपाउने बताएको छ।

मौसमी कामदार पठाउन केही पालिकाहरुले कोरियाका एक कम्पनीसँग धमाधम सम्झौता गरेको पाइएको भन्दै मन्त्रालयले यो कार्य कानुन र अधिकारबाहिर भएको भन्दै सचेत गराएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् पालिकाहरुलाई यसअघि नै मौसमी कामदार पठाउने सम्बन्धमा रोक लगाएको भन्दै श्रम मन्त्रालयले कामदार पठाउने सम्झौता नगर्न र गरेको भए यसले बैधता नपाउने उल्लेख गरेको छ । (उज्यालो अनलाईन)

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ६ : १६ बजे