६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

बैजनाथ जेसिज बर्ष २०२४ को अध्यक्षमा ः बिष्ट



कोहलपुर बाँके माघ ७-, परिवर्तनका लागी युवाूभन्ने मुल नाराका साथ बैजनाथ गाउँपालिका स्तरीय बैजनाथ जेसिजको प्रथम बैजनाथ पद हस्तान्तरण कार्यक्रम बाट उपेन्द्र बहादुर बिष्ट बर्ष २०२४ बैजनाथ जेसिज अध्यक्षको अध्यक्षता एवं बैजनाथ जेसिजको आयोजनामा लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्रीको प्रमुख आतिथ्यमा चुलिमालिका कृषि सहकारी संस्था लि।को सभाहलमा शनिबार बैजनाथ जेसिज सपत ग्रहण एवं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

जेसिज बर्ष २०२४ राष्ट्रिय उपाध्यक्ष सिता भण्डारी बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय बैजनाथ २ का वडा अध्यक्ष राजु रुचाल बैजनाथ ४ का अध्यक्ष प्रेम बहादुर शाही
राष्ट्रिय स्वतन्त्र पार्टी बैजनाथ सभापति धन बहादुर बस्नेत
नवकिरण बहुउद्देश्यीय सहकारी संस्था लि।का अध्यक्ष जगत बहादुर बि सि लगाएत कोहलपुर र बैजनाथका जेसिजको उपस्थितिमा प्रथम पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो।

बर्ष २०२२ र २०२३ एवं बैजनाथ संस्थापक जेसिजका अध्यक्ष गनेश बहादुर बिष्टले बर्ष २०२४ का अध्यक्ष उपेन्द्र बहादुर बिष्ट लाई चाँदीको लकेट हस्तान्तरण गरेर सफतग्रहण समेत गराउनुभएको थियो।
कार्यकारी उपाध्यक्ष हरिराम थारु र भिम बहादुर रोकाय
उपाध्यक्ष गणेश खड्का ,आशा कुमारी गुरुङ सबिना थारु र लक्ष्मी जि सि ,महासचिव जया कुमारी थापा ,कानुनी सल्लाहकार बिरेन्द्र सुबेदी ,कोषाध्यक्ष ईन्द्रा घर्ती
सह सचीव प्रदिप राज बुढा ,सह कोषाध्यक्ष नबिन जि सि
आईपिपि निबर्तमान अध्यक्ष गणेश बिष्ट अन्य सदस्यहरुलाई प्रथम बैठक बाट मनोनीत गरिएको थियो।
बैजनाथ उपाध्यक्ष निर्मला रोकायले स्थानीय सरकारले बैजनाथ जेसिजसँग सहकार्य गरेर आवश्यक सहयोग गर्न स्थानीय सरकार तयार भएको प्रतिबद्धता जाहेर गर्नुभयो ।

प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य खत्रीले नवनिर्बाचित अध्यक्ष लगाएत पदाधिकारीलाई बधाई एवं सफलताको शुभकामना सहित आफुले जेसिज बैजनाथले जग्गाको ब्यवस्थापन गर्न सके भवन बनाउने बजेट ब्यवस्थापन गर्न प्रमुख अतिथि खत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ६ : ०९ बजे