६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

काठमाण्डौबाट नक्कली डाक्टर पक्राउ,



काठमाण्डौ माघ ८ – प्रहरीले काठमाण्डौबाट नक्कली डाक्टरलाई पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली डाक्टर ४० वर्षका सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–२ का भट्टाचार्यले धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक ९एसपी० रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उनले अहिलेसम्म ४० जना बिरामीलाई उपचार गराएको प्रारम्भिक बयान दिएका छन् ।

भट्टाचार्यले चीनबाट एमबीबीएस गरेको र शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेको बताउने गरेका थिए । प्रहरीका अनुसार उनले विदेश जाने व्यक्तिको मेडिकल रिपोर्टसमेत बनाउने गरेका थिए । उनले नक्सालमा रहेको ’वी केयर’ मा पनि काम गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाण पत्र देखाएर पोलिक्लिनिक सञ्चालन गर्दै आएका सम्बुद्ध भट्टाचार्यले यस्तो काम गरेको ३ वर्ष भएको पनि बयान दिएका छन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ११ : १९ बजे