६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

बोल्ने कला तथा क्षमता अभिवृद्धि तालिम सुरु



बाँके ः युवा तथा बालबालिकाहरुको क्षमता विकास अभिवृद्धि सम्बन्धि तिन दिने तालिम कोहलपुरमा सुरु भएको छ । युवा तथा बालबालिकाको क्षमता अभिबृद्धि गर्न उद्घोषण, तालिमले महत्वपूर्ण भूमिका खेल्ने भन्दै कोहलपुर नगर स्तरीय युवा संजालको आयोजन तथा ३ कोहलपुर नगरपालिकाको आर्थिक सहयोग दिने तालिम जिल्लामा सुरु भएको हो ।

युवा संजालका अध्यक्ष रमेश वरको अध्यक्षतामा भएको तालिमको उद्घाटन समारोहमा कोहलपुर नगरपालिकाका सामाजिक विकास शाखा संयोजक ईश्वरी प्रसाद बि.क प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक विकले उद्घोषण भनेको व्यक्तिको क्षमता कला भएको भन्दै सफलता हाँसिल गर्नको लागि उद्घोषण कला अपरिहार्य रहेको बताउनु भयो ।

तालिममा सिकेका ज्ञान,सीपलाई पूर्णरुपमा व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह समेत गर्दछु ।’ युवाहरुको क्षमता अभिबृद्धिका यस्ता खालका कार्यक्रम अनिवार्य रहेको बताउनु भयो । उहाँले युवाहरुका लागि यस्ता थप क्षमता अभिवृद्धि सम्बन्धि तालिमको गर्ने प्रतिवद्धता जनाउन्ु भएको छ ।

उक्त कार्यक्रमको शुभकामना दिदै कार्यक्रमका विशिष्ट अतिथी ईश्वरी शर्माले बोल्ने सिकाई जिवनमा कहिल्यै नसकिने र नेतृत्व विकास र बोल्ने कलाले मानिसलाई समाजमा छुट्टै पहिचान दिने बताउनुभयो । तालिमबाट सहभागीहरुले धेरै कुरा सिक्ने बताउनुभयो । उक्त तालिम शुक्रबार सम्म चल्ने भएको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  १ : ०७ बजे