६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु



कोहलपुर बाँके ७- बाघको आक्रमणबाट बर्दियामा एक बालकको जनाको ज्यान गएको छ । बारबर्दिया नगरपालिका वडा नं. ४, बैरिया स्थित बस्ने रामशंकर थारुको छोरा अन्दाजी १०/११ वर्षीय सुमित थारुको ज्यान गएको बर्दिया प्रहरीले जनाएको हो ।

शनिबार दिउँसो करीब साढे १२ बजेतिर बबई नदिमा नुहाउन गएको अवस्थामा जिरा सामुदायिक वन नजिकै पाटे बाघले आक्रमण गरी घाईते बनाएपछि उपचारका लागि आरसी थारु मेमोरियल अस्पताल जयनगर बर्दिया लगिएको थियो ।

उपचारको क्रममा आज दिउँसो १ बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) तुल्सीराम अर्यालले जानकारी दिए । डिएसपी अर्यालका अनुसार यस बारेमा थप अनुसन्धान प्रक्रिया भैइरहेको बताए ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ४ : ५२ बजे