६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन



काठमाडौं पुस १४- : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन्।

शनिबार बिहान गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ‘ब्रिफिङ’ लिएपछि प्रधानमन्त्रीले यो घटनालाई आफूले पनि सूक्ष्म तरिकाले नियालिरहेको भन्दै छिटो छानबिन सक्न निर्देशन दिए। उनले घटना अप्रत्याशित र दुःखद् भएको प्रतिक्रिया दिए।

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरीका प्रमुख लगायतले घटनाक्रम र पछिल्लो परिस्थिति बारे ब्रिफिङ गरे।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएका युवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए। यो क्रममा प्रहरीले बल प्रयोग गर्दा दुई युवकको मृत्यु भएको थियो।

गृह मन्त्रालयले डीआईजी लालमणि आचार्यको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय समितिले शुक्रबार नै काम शुरु गरिसकेको छ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ७ : ५२ बजे