२ श्रावण २०८१, बुधबार | Wed Jul 17 2024

बर्दिया राष्ट्रिय निकुञ्ज : गन्तव्य एक, सम्भावना अनेक




कोहलपुर बाँके पुस १५- ✍️ शिवानी वि.क

परिचय
नेपालको लुम्बिनी प्रदेश अन्न्तर्गत रहेको जिल्ला हो, बर्दिया । पर्यटकीय दृष्टिले सम्भावनायुक्त जिल्लामा बर्दिया राष्ट्रिय निकुञ्ज रहेको छ । यो निकुञ्ज साविक भेरी अञ्चलको बर्दिया जिल्लामा पर्दछ । यो निकुञ्ज वि.स. २०३२ सालमा स्थापना भएको हो । पूर्वमा बाँके जिल्ला, पश्चिममा कैलाली जिल्ला, उत्तरमा सुर्खेत र सल्यान र दक्षिणमा नेपाल–भारतको सीमाना छ ।
शुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष बन्यो भने २०४५ मंसीर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो ।
बर्दिया जिल्लाका कर्णाली र बबई नदीका केही भाग समेत समेटेको यो निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो हो । यस निकुञ्जको मध्यवर्ती क्षेत्र वि.सं. २०५३ मा घोषणा भएको थियो । शुरुमा ३२७ वर्ग किलोमिटर क्षेत्रफल समेटेर घोषणा भएको मध्यवर्ती क्षेत्र सन् २०१० मा १८० वर्ग किलोमिटर थप गरी सुर्खेत तर्फ विस्तार गरिएको छ ।
निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ । पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यसनिकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् ।
यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । यो वन्यजन्तु र प्राकृतिक विविधताको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने नेपालको सबैभन्दा महत्वपूर्ण राष्ट्रिय निकुञ्ज हो ।

पछिल्लो समयमा यहाँ विभिन्न प्रजातिका जीवजन्तुले भरिपूर्ण र मनमोहक हरियाली वातावरणले सुन्दर बनाइएको निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्य पनि बन्न पुगेको छ हो ।
यस राष्ट्रिय निकुञ्जमा बाघ, गैँडा, घडियाल गोही, डल्फिनलगायतका वन्यजन्तुको संरक्षणका लागि उपयुक्त ठाउँका रूपमा प्रसिद्ध मानिएको छ ।

पर्यटन प्रवद्र्धनमा स्थानीय नागरीकको भूमिका

यहाँका स्थानीय पनि वन जंगल संरक्षण गर्नका लागि निरन्तर लागि पर्ने गरेका छन् । यहाँका स्थानीय वन जोगाए वन्य जन्तु जोगिने भनाई राख्छन् । वनको दिगो विकास गर्नका लागि मधुवन–३ बर्दियाका नागरीक सक्रिय छन् । वनमा रहेका परिपक्क रुख काट्ने, अन्यलाई काँटछाँट गर्ने र साना हुर्काउने बढाउने कार्यमा यहाँका स्थानिय व्यस्त देखिन्छन् ।


वन जोगाउनु नै वन्यजन्तु जोगाउनु उनिहरुको उद्देश्य हो । वन जोगाउँदा मानिसलाई फाइदा पनि छ । वन मानिसका लागि मात्र नभएर समस्त जीव, जनावरका निम्ति वन जंगल, प्राण–वायु, पानी र जमिन–माटो अस्तित्व, वृद्धि र विकासका लागि मुख्य आाधारहरू हुन् । यो धरातललाई सबल सुदृढ, स्वच्छ पार्नमा वन–जंगल र जनावरको अत्यन्त ठूलो योगदान रहन्छ ।


वन–जङ्गलका अन्य विविध सकारात्मक गुण र प्रभावबाट मानिस र अन्य जन्तु–जनावरसमेत लाभान्वित भइरहेका हुन्छन् । बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका नागरीक कृषि कर्म र पशु पालेर नै जिविको पार्जन गर्छन् । जंगली जनावरको संख्या दिनहुँ बढ्दै गएपछि यहाँका मधुवन नगरपालिका ३ बर्दियाका स्थानीयले सास्ती भोग्दै आएका छन् ।
जंगली जनावरको संख्या बढेसँगै संरक्षणको चुनौती पनि थपिँदै गएका छन् । नेपालमा जंगली जनावरको चोरी, निकासी, पैठारी तथा सिकार गर्न नपाइने प्रावधान छ । जसबाट वनयजन्तुको संरक्षण र प्रवद्र्धधनमा ठूलै टेवा पुगेको छ । तर, कृषिकर्ममा निर्भर किसानले भने जंगली जनावरका कारण सास्ती खेपिरहेका छन् । गाउँ नजिकैको सामुदायिक वन पाल्न थालेपछि जंगली जनावरको विगविगी बढ्यो र हामीले दुख पाउन थाल्यौ ।
जंगली जनावरकाकारण खेतबारी बाझै राख्नुपर्ने अवस्था आउन थालेको यहाँका स्थानीय नागरिकहरू बताउछन् । एकै पटक बथानमा आउने बाँदर र अन्य जंगली जनावरको समूहले गहुँबाली खाइसक्यो स्थानीयले दुखेसो पोखे ।
एक तसमयमै पानी नपर्नाले हामीहरूले मार खेप्नु पर्छ, भने अर्कोतिर दुःख गरेर लगाएको खेतीसमेत जंगली जनावरलेआएर खान थाल्यो । खेत बारीमा लगाएको बाली जोगाउनको लागि रातभरी जाग्राराम बस्दा बाली जोगाउन यहाँका नागरिकले जोगाउन सकेका छैनन् । वनको संरक्षण पनि गर्नै प¥यो, पशुपनि पाल्नै प¥र्यो ।
मधुवन ३ बर्दियामा अवस्थित सम्झना समुदायिक वनको संरक्षण अहिले स्थानीय नागरीक आफैले गर्दै आएका छन् । पहिले सामुदायिक वन नहुदा वस्ति थियो, अहिले वस्ति हटाएर सामुदायिक वनमा नागरीकहरुले परिणत गरेका छन् । सादामुदायिक वन पनि बनायै, संरक्षण पनि गर्यों तर आफैलाई हानिकारक भन्ने जस्तै भएको मधुवन नगरपालिका ३ भग्रैया २५ वर्षीया पम्फा तिरुवा बताउँछिन् ।

५ जना मानिसलाई हात्तिले मा¥र्यो, ५ जनालाई बाघले मा¥यो । मानिस संगै पशुलाई पनि गोठमा गएर मार्दिन्छ । जंगल पनि जानै, घास दाउरा पनि ल्याउनै पर्यो, पशु पनि पाल्नै पर्यो पशुपालनबाट नै जिविकोपार्जन गरेका छौु उनी भन्छिन्,ुवनमा पशु चराउन गएकोबेला कति बेला कता बाट बाघ आएर आक्रमण गर्छ भन्ने डरले मन पिरोली रहन्छ ।
घाँस दाउरा गर्न जंगलमा जान नै मुस्किल परेको छ, जानै प¥यो भने हामी समुहमा जान्छौ । कतिपय समयमा घासको भारीमै बाघले झम्टेको छ । घरआँगनमा जंगली जनावर लाग्दैन थियो भने सहज हुन्थ्यो, सामुदायिक वन आफैलाई चाहिन्छ भनेर जोगाएका छौँ । जंगली जनावरले बाली समेत नोक्सान गरीदिएर दुःख पाईराखेका छौ ।

जंगली जनावरबाट प्रभावितहुदा पनि सहयोग त खासै पाउनसकेको अवस्था छैन तिरूवाभन्छिन् भर्खरै बाघ गोठमै आएरबाख्रा मार्यो त्यसको राहत पाउनको लागि कति पटक धाउन पर्यो ।बाख्रा खोर बनाउनको लागि जालिमात्र दिएको छ, त्यो जालिले बाख्रालाई के छेक्थ्यो र ।

भैसीलाई पनि त्यस्तैबाघ आक्रमण गर्ने सम्भावना छ ।कसरी बचाउनु, यिनलाई पालेर जीविकोपार्जन गर्छौ, यिनैलाई बाघले खाई दिए कसरी घर खर्च चलाउनु । उनी मात्र होइन मधुवन नगरपालिका ३ बर्दियाका प्रत्येक नागरिकको अवस्था अहिले पम्फाको जस्तै छ । वनमा गएर दाउरा नल्याउने हो भने खाना पकाउन पर्यो, गाईगोरू, भैंसी, बाख्रालाई कुँडो खुवाउन पर्छ, बाध्यतामा डरैडरले जंगल त जानू नै पर्छ,यहाँका स्थानीय नागरिकलाई ।
ुस्थानीय तहले किसानलाई दिन पर्ने सेवा सुविधा केही दिएको छैन, आआफ्नो हिसाबले चल्न पर्छ । पहिले बिउभिजन त दिने गरेको थियो तर अहिले त्यो पनि दिन छोड्यो । जनावरले हामीलाई दिनु दुःख दिएको छ,ु पम्फाले मनभरीका भारी पोख्दै भनिन्, लगाएको गहुँ, मकै, धान, खाईदिन्छ, अझ घर समेत भत्काइदिएर अर्काको साहारामा बस्न पर्ने बाध्यता सम्म पुग्न पर्छ ।ु वन्यजन्तुलाई देख्दा त रमाइलो लाग्छ, आनन्द हुन्छ तर के गर्नु दुःख दिएर हैरान गराउँछ पम्फा भन्छिन् ।

सरकारले यो बस्ती नै उठाएर जंगली जनावरको लागि छोडिदिएको भए हामी पनि सुरक्षित हुन्थे जनावर पनि वृद्धि हुने थिए । जंगली जनावरले हामीलाई दिनु सम्म दुख दिएका छन्, तर पनि यिनको संरक्षण गर्दै आएका छौ, सोही ठाउकी फुलमाया चौधरी भन्छिन् । संरक्षणगरेर हामीलाई फाइदा केही भएको छैन, उल्टा दुख भोग्नु परेको छ ।
वस्ती सम्म जंगली जनावर आएर बाली रपसुको नोक्सान गरिदिन्छ ।मानिस र जनावरको बाटो नैअलग भैदिएको भए हामीस्थानीय नागरिकलाई सजिलो हुने थियो ।
उनी भन्छिन् जंगल भएन भने हामी पनि रहदैनउ, जिवनमा बन जंगलको ठुलो महत्व छ, बन सरक्षणमा हामी सबै लाग्न पर्ने उनको बुझाई छ । नेपालको लगभग ४० प्रतिशत भू–भाग वनले ओगटेको छ । जंगललाई विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीको वासस्थलको रूपमा पनि लिईन्छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ३ : २० बजे