६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

जापानमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प, ठूलो सुनामीको चेतावनी




एजेन्सी पुस १६- जापानमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । जापानले देशको मध्य क्षेत्रमा गएको भूकम्पका कारण ठूलो सुनामी जान सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

५ मिटरसम्म अग्ला छालहरू आउन सक्ने सक्ने चेतावनी जारी भएको जापानको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ । इशिकावाको तटीय क्षेत्रका बासिन्दालाई तत्कालै सुरक्षित ठाउँमा जान भनिएको छ ।

यस्तै निगाता र तोयामा प्रान्तमा पनि सुनामीको चेतावनी जारी भएको छ । यी प्रान्तहरूमा ३ मिटरसम्म अग्ला छालहरू आउन सक्ने भनिएको छ ।

जापानमा भवनहरूले शक्तिशाली भूकम्प सहन सकून् भन्ने उद्देश्यले कडा निर्माण नियमहरू छन् र ठूलो झट्काका लागि तयारी गर्न नियमितरूपमा आपत्कालीन अभ्यासहरू हुने गर्छन् ।

तर सन् २०११ को मार्चमा उत्तरपूर्वी जापानमा गएको ९ दशमलव ० म्याग्निच्युडको भूकम्पका कारण आएको सुनामी आउँदा १८ हजार जनाभन्दा धेरैकाे ज्यान गएकाे थियो ।

सन् २०११ को सुनामीले फुकुशिमा आणविक केन्द्रमा तीन वटा रिएक्टरहरू पनि ध्वस्त पारेको थियो जसले गर्दा जापानको युद्धपछिको सबैभन्दा खराब विपत्ति र चेर्नोबिलपछिको सबैभन्दा गम्भीर आणविक दुर्घटना भएको थियो ।

सन् २०२२ को मार्चमा फुकुशिमाको तटीय क्षेत्रमा गएको ७ दशमलव ४ म्याग्निच्युडको भूकम्पले पूर्वी जापानको ठूलो क्षेत्रमा धक्का महसुस गरिएको थियो ।

राजधानी टोकियोलाई एक शताब्दीअघि सन् १९२३ मा आएको विनाशकारी भूकम्पले तहसनहस बनाएको थियो ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ४ : १४ बजे