६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

क्यानले सन्दीप लामिछानेलाई निलम्बन गर्यो



काठमाडौं,पुस २६ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेको क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्षको कैद सजाय तोकेसँगै नेपाल क्रिकेट संघ ९क्या०ले पनि निलम्बन गरेको छ । आज बसेको नेपाल क्रिकेट संघ ९क्यान०को बैठकले लामिछानेलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

जबरजस्ती करणी मुद्दामा कुसुर ठहर गरी सजाय निर्धारण भएको हुनाले अदालतको आदेश मान्दै क्यानले लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरेको हो । बुधवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गर्दै लामिछानेलाई ८ वर्षको कैद सजाय सुनाएको हो । अदालतले परिवर्तित नाम गौशाला २६ ९६० ९१० ०७९र०८० को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दा प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहीता २०७४ को दफा २१९ ९३० ९ङ० बमोजिम ८ वर्ष कैद, दफा २१९ ९३० ९क० ९ग० बमोजिम तीन लाख जरिबाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिबाना ३ लाख र थप २ लाख रकम क्षतिपूर्ति बापत प्रतिवादी सन्दीप लामिछानेबाट पीडित गौशाला २६ ९६० ९१० ०७९र०८० लाई भराइदिने ठहर गरको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताएका थिए ।

उनले भने,‘परिवर्तित नाम गौशाला २६ ९६० ९१० ०७९र०८० को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दा प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहीता २०७४ को दफा २१९ ९३० ९ङ० बमोजिम ८ वर्ष कैद, दफा २१९ ९३० ९क० ९ग० बमोजिम तीन लाख जरिबाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिबाना ३ लाख र थप २ लाख रकम क्षतिपूर्ति बापत प्रतिवादी सन्दीप लामिछानेबाट पीडित गौशाला २६ ९६० ९१० ०७९र०८० लाई भराइदिने ठहर छ ।’ जिल्ला अदालत काठमाडौंको फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने थप कानूनी उपचारका लागि उच्च अदालत जाने उनका वकील सरोजकृष्ण घिमिरेले बताए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ६ : ३५ बजे