६ पुस २०८१, शनिबार | Sat Dec 21 2024

बैजनाथ गाउँपालिकाको १४ औं गाउसभा सुरु



कोहलपुर बाँके पुस २९– बैजनाथ गाउँपालिकाको १४ औं गाउसभा एवं हिउदे अधिवेशन आइतबारबाट सुरु भएको छ । आर्थिक बर्ष २०८० र ८१ को हिउदे अधिवेशनमा १४ औ गाउसभाले बनाएका योजना एवम संशोधन बजेटको प्रतिवेदन प्रस्तुत गर्दै गाउँसभा सुरू भएको हो ।


बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा भएको गाउँसभामा राप्ती सोनारीलगाँउपालिका अध्यक्ष तप्त पौडेलले विशेष सम्बोधन गर्दै राप्ती सोनारी गाउँपालिका र बैजनाथ गाउँपालिका बाँके राष्ट्रिय निकुञ्ज संग जोडिएको भन्दै पर्यटनमा प्रचुर सम्भावना भएको बताएका छन् ।


उनले पालिकालाई शिक्षा स्वास्थ्य, कृषि, यातायात लगायतका क्षेत्रमा जोड्न ुपर्ने बताएका छन् । तिन तहको सरकार मध्य स्थानिय सरकार नागरीक संग नजिक जोडिएको भन्दै जनताको समस्या समधान गर्न केन्द्रित हुन पर्नेमा जोड दिएका छन् । यस्तै कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले गाउँ सभामा अधिवेशनको शुभकामना मन्तव्य राख्दै जनताको हरेक समस्यालाइृ प्राथामिकताका साथ अगाडी बढ्ने बताईन् ।


उक्त कार्यक्रममा सार्वजनिक महत्वका विषयमा बैजनाथ गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दिनेश थारू, वडा नम्बर २ का वडा अध्यक्ष राजु रूचाल र गगन थारुले विषयगत शाखाका निर्णयहरू कार्यापालिकाबाट पास गरी कार्यन्वयनमा लैजानु पर्ने प्रस्ताव पेश गरेका थिए । विधान समिति संयोजक कृष्णा सुनारले बाहरिबाट आउँदा वा जाँदा वडा कार्यालयबाट सिफारिस हुनुपर्ने व्यवसाय ऐनमा संशोधन गरी पास गरेको बताएकि छिन् ।


यस्तै व्यवसाय प्रबद्र्धन गर्न व्यवसाय दर्ता ऐन २०७९ लाई संशोधन गरी व्यवसाय ऐन २०८० मा शंसोधन गरी पास गरेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रेम बहादुर शाहीले बताए । कार्यक्रमलाई संवोधन गर्दै सामाजिक विकास समिति संयोजक भुमिसरा रानाले विषयगत समितिहरूको प्रतिवेदन प्रस्तुत गरेकी छिन् । गाउँसभा पुनः माघ ५ गते चल्ने छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १२ : ३७ बजे