६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

एरिजोनाको मरुभूमिमा हट एयर बलुन दुर्घटना हुदा चारको मृत्यु



एजेन्सी माघ १- अमेरिकाको दक्षिणी एरिजोनास्थित मरुभूमिमा हट एयर बलुन खस्दा चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अर्का एक जना भने गम्भीर घाइते भएको बताइएको छ । यो घटना आइतबारको हो । 
बिहान ७ः५० बजे मरुभूमि क्षेत्रको सनसइन बुलिवार्ड र हैना रोडनजिक एउटा हट एयर बलुन दुर्घटनाग्रस्त भएको भन्दै एलोय प्रहरी विभागले जानकारी दिएको थियो । दुर्घटनाको कारण पत्ता लगाउन छानबिन सुरु भएको छ । अहिलेसम्म कारण खुल्न नसकेको बताइएको छ । 
नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दिएको प्रारम्भिक सूचनाका अनुसार घटना हट एयर बलुनमा अनिर्दिष्ट गडबडीका कारण भएको थियो । बलुनमा कूल १३ जना सवार थियो । यसमध्ये आठ जना स्काई ड्राइभर, चार यात्री र एकजना पाइलट थिए ।
स्काईड्राइभरहरु दुर्घटना अघि नै बलुनबाट हाम फालिसकेका थिए । एक जनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो । बाँकी तीन जनाको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्काईड्राइभरहरु हाम फाल्ने बेलासम्म बेलुनमा केही समस्या थिएन । उनीहरू झरेपछि समस्या आएको बताइएको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : ०८ बजे