६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

बाग्मती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना



काठमाण्डौ माघ २ । आज पनि पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । ती क्षेत्रमा मौसम आंशिक बदली छ । हिजो पूर्वका ताप्लेजुङ, दोलखालगायतका जिल्लाको पहाडी थोरै क्षेत्रमा हल्का वर्षा भएको थियो ।

आज पनि पूर्वी पहाडी क्षेत्रसहित बाग्मती, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, बाग्मती, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव छ । बङ्गलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसमविद्ले बताएका छन् । पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली र बाँकी ठाउँमा सफा छ । आज पनि तराई मधेसका जिल्लामा बाक्लो हुस्सु कुहिरो लागेको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ७ : १० बजे