७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

ईलाका प्रहरी कार्यालय कोहलपुर नागरीक मैत्री




कोहलपुर बाँके माघ २– इलाका प्रहरी कार्यालय कोहलपुरलाई नागरीकमैत्री बनाईएको छ । नागरीकलाई सहज र सरल वातावरणमा सेवा दिने उदेश्यले नागरीकमैत्री कार्यालय निर्माण गरीएको प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले बताए । कार्यालयलाई सुन्दर र चिटिक्क र व्यवस्थित बनाइएको छ । प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीको नेतृत्वमा ईलाका प्रहरी परिसरलाई आकर्षक बनाईएको हो ।


प्रहरी कार्यालय परिसरमा नयाँ पुर्वाधार सहित प्रवेश गर्ने मुख्य गेट निर्माण गरीएको छ । साथै कार्यालयमा नयाँ भवन वातावरण अनुकुलीत र प्रविधिमैत्री रहेको ईप्रका कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले बताए । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै अपाङ्गमैत्री नागरीक सहायता कक्ष, बाल कक्ष, स्तनपान कक्ष, जेष्ठ नागरीक कक्ष तथा बैठक कक्ष समेत निर्माण गरीएको डिएसपी तिवारीले बताए ।


कोहलपुर नगरपालिकाको आर्थिक सहयोगबाट ४ कोठे भवन निर्माण गरीएको भन्दै उनले अन्य संघसंस्थाबाट प्राप्त भएको सहयोग र आन्तरीक स्रोतबाट फर्निचर लगाएतका सामग्रीहरु ब्यवस्थापन गरीएको जानकारी दिए । नवनिर्मित भवनमा अपाङ्गता भएका ब्यक्तिहरुकालागी ह्विलचियरको व्यवस्था गरीनुका साथै बालवालिकाकामैत्री छुट्टै बाल कक्ष समेत निर्माण गरीएको डिएसपि तिवारीले जानकरी दिए ।


प्रहरी परिसरमा जुनसुकै विषयमा छलफल गर्न आउदा अभिाभावकहरले आफ्ना साथमा साना बालाालिका लिएर आउनु हुन्छ“ तिनै बालबालिकालाई असर नपरोस भन्ने उदेश्यले बालमैत्री भवन निर्माण गरीएको हो, भवनको भित्र र बाहिर बालबालिकाको लागि चित्रहरु गणितका हिसाव र अन्य जानकारी मुुलक सामग्रीहरु लेखेर आकर्षण बनाएको छ ।


कार्यालयमा आउने सेवाग्राहीकालागी प्रतिक्षालय निर्माण गरीएको छ भने झरना अकारमा वाटरफल (पानीको फोहोरा) बनाईएको छ । पर्खालको भित्री भागमा बाँके जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रहरुको, जानकारी सहितको भित्ते चित्र बनाईएको छ ।


यसै सबच कार्यालयको बाहिरी पर्खालमा सडक दुर्घटना, लागुपदार्थ दुर्व्यसनी, अपराधिक क्रियाकलाप तथा ट्राफिक सचेतना सम्बन्धि आम सर्वसाधारणले देख्ने गरी बोर्डहरु राखीएको छ ।
विभिन्न सचेतनामुलक सुचना तथा तस्बिर सहितका बोर्ड राखीएको बताउँदै डिएस्पी तिवारीले यस्ता बोर्डहरुले नगरवासीलाई सुसुचित हुन मद्दत पुग्ने बताए ।


अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षाको महत्वपूर्ण जिम्मेवारी पाएको नेपाल प्रहरीको कार्यालयलाई सबै हिसाबले अब्बल बनाउनु साथै सौन्दर्यकरणमा समेत ध्यान दिनुपर्ने डिएसपी तिवारीको भनाई छ । उनकै नेतृत्वमा व्यवस्थित र प्रविधिमैत्री बनाउँदै लगिएको ईलाका प्रहरी कार्यालय कोहलपुरको सुन्दरताले पछिल्लो समय सेवाग्राहीहरुलाई प्रभावित बनाउन थालेको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ११ : ३४ बजे