६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

जबरजस्ती करणी गराउने मतियारसहित दाङमा ३ जना पक्राउ



दाङ माघ ४। ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गराउन लगाएको मतियारसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका(७ सिप्टा बस्ने ४३ वर्षीय सुकविर कुमाल र सोही गाउँपालिका(६ बस्ने १० वर्षीय २ जना बालक रहेका छन् ।

सुकविरले ४ जना बालकहरूलाई ती बालिकालाई जबरजस्ती करणी गर्न लगाएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खांग्राबाट खटिएको प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको थियो ।

उनीहरूमध्ये २ जना बालकलाई आफन्तको जिम्मा लगाई पठाइएको छ भने सुकबिर कुमाल र अन्य २ जना बालकउपर जिल्ला अदालत दाङबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेकोछ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ११ : ४२ बजे