६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

जबरजस्ती करणी गरेको आरोपमा बाँकेमा एक जना पक्राऊ



कोहलपुर बाँके माघ ७ – जबरजस्ती करणी गरेको अभियोगमा बाँकेको बैजनथामा एक जना पक्राउ परेका छन् । ७ वर्षीया बालिकालाई बैजनाथ गाउँपालिका(५ जिगाउँ बस्ने ३५ वर्षीय प्रेम बहादुर रावतलाई प्रहरीले पक्राउ गरेको हो ।

रावतले ती बालिकालाई पुस २५ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट न्युसिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले १० दिनको म्याद गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायव उपशिक्षक ( डिएसपी ) सुन्दर तिवारीले जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ८ : २३ बजे