६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

चीनको युनान प्रान्तमा गएको पहिरोमा ४७ जना पुरिए




एजेन्सी माघ ८, चीनको युनान प्रान्तमा आज बिहान गएको पहिरोमा ४७ जना पुरिएका छन् । पहिरोमा परेर १८ वटा भवन भत्किँदा अरु थुप्रै मानिस बेपत्ता भएका बीबीसीले जनाएको छ ।

पुरिएकाहरुको अवस्थाबारे भने जानकारी आइनसकेको खबरमा उल्लेख छ । बेपत्ताहरूको खोजी तथा उद्धार कार्य भइरहेको छ । स्थानीय समाचार माध्यम पीपुल्स दैनिकका अनुसार घटनापछि यस क्षेत्रबाट पाँच सयभन्दा बढी व्यक्तिलाई सुरक्षित ठाउँमा सारिएको छ ।

भत्केका भवन पन्छाएर त्यहाँ पुरिएका मानिसको खोजी र उद्धार भइरहेको देखिएको बीबीसीले जनाएको छ । त्यस क्षेत्रमा तापक्रम पनि शून्यभन्दा तल रहेको खबरमा उल्लेख छ ।

घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । यस क्षेत्रमा यसअघि सन् २०१३ को जनवरीमा पहिरो जाँदा १८ जनाको ज्यान गएको थियो । (उज्यालो अनलाईन )

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १२ : ०४ बजे