६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

युक्रेनी युद्धबन्दी बोकेको रुसी जहाज दुर्घटना हुँदा ७४ जनाको ज्यान गयो



एजेन्सी माघ ११, । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुस र युक्रेनको सीमामा हिजो भएको विमान दुर्घटनापछि रुसले ुयुक्रेनी कैदीहरूको जीवनसँग खेलवाड गरेकोु आरोप लगाउनुभएको छ ।

जेलेन्स्कीले रुसीहरूले युक्रेनी कैदीहरूको जीवन, उनीहरूका आफन्तहरूको भावना र समग्र युक्रेनसँग खेलिरहेको आरोप लगाउनुभएको हो । उहाँले युक्रेनको सीमा नजिकै बेल्गोरोड क्षेत्रमा हिजो भएको विमान दुर्घटनाको अन्तर्राष्ट्रिय छानबिनको माग गर्नुभएको छ ।

रुसी संसद्का सदस्य आन्द्रेई कार्तापोलोभले भने दुर्घटना भएको विमानमा ३ वटा मिसाइल ठोक्किएको दाबी गर्नुभएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार हिजोको दुर्घटनामा जहाजमा रहेका सबैको ज्यान गएको छ।

जहाजमा रहेका ६५ जना युक्रेनी युद्धबन्दीहरू, ६ जना रुसी चालक दलका सदस्य र ३ जना सुरक्षागार्ड गरी सबै ७४ जनाकै ज्यान गएको बीबीसीले जनाएको छ । युक्रेनी युद्धबन्दीलाई रुसी सेनाको बदलामा सट्टापट्टाका लागि लगिएको हुनसक्ने खबरमा उल्लेख छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ६ : ३४ बजे