६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

जबरजस्ती करणी गरेको आरोपमा बर्दियामा २ जना पक्राउ



बर्दिया माघ ११ । बर्दियामा नाबालिगमाथि जबरजस्ती करणीको छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जना पक्राउ गरेको छ ।

प्रहरीका अनुसार,अनुसार बिहे गर्छु भन्दै नाबालिगमाथि पटक(पटक जबरजस्ती करणी गरेको आरोपमा बढैयाताल गाउँपालिका(३ का एक जनालाई पक्राउ गरेको हो । ती व्यक्तिले माघ २ गते सोही स्थान बस्ने नाबालिगलाई बिहे गर्छु भनी फकाई भगाएर गाउँकै एक घरमा लगेर माघ ७ गतेसम्म पटक(पटक जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ ।

त्यस्तै बाँसगढी नगरपालिका(०९ कि एक नाबालिगलाई जबरजस्ती करणी गरी फरार प्रतिवादी सोही स्थान बस्ने अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई माघ ११ गते बढैयाताल गाउँपालिका(२ जमुनीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो । दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  १ : ४५ बजे