७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इलाका प्रहरी कार्यालय कोहलपुरको भवन उद्धघाटन




कोहलपुर बाँके माघ १४– ईलाका प्रहरी कार्यलय कोहलपुरले सेवासुविधा लिन आउने जनताकालागी गरेका काम निकै सराहनीय भएको कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले बताउनु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको परिसरमा नव निर्मित नागरिक सहायता कक्ष र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको उद्धघाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले आगामी दिनमा यस्ता खाले कार्यलाई थप प्रभाकारी बनाउदै लैजान आग्रह समेत गर्नुभयो । सुशासन र पारदर्शिता जरुरी रहेको बताउँदै नगर प्रमुख आचार्यले आफ्नो कार्यकाल सम्म अन्य कार्यालयमा पनि आवश्यक भवन निर्माणका लागि पहल पर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
कर्मचारीलाई दैनिक प्रसाशनिक काम गर्नको लागी राजनैतिक दलले हस्तक्षेप गर्न नहुने बताए धारणा व्यक्त गर्नु भयो । हामीले गर्ने हरेक काम जनताको हितमा हुने हुदा हामी जनता प्रति सधै बफदार रहनु पर्ने बताए । कार्यकममा बोल्दै लुम्बिनी प्रदेश प्रहरी प्रमुख डि आइ जि कुबेर कडायतले लुम्बिनी प्रदेशमा आफ्नो कार्यकाल सम्म उत्कृष्ट सेवा प्रवाह गर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले राजनीतिक दल बिना कुनै काम सम्भब नरहेको बताउदै कर्मचारीलाई एकरुपताका साथ नीति नियम अनुसार चल्न आग्रह गर्नु भएको छ । । बाँके प्रहरी प्रमुख एस पि सुवास बोहोराले इलाका प्रहरी कार्यालय कोहलपुरमा भएको नबिनतम प्रयासलाई निरन्तरता दिने बिश्वास ब्यक्त गर्दै अरु कार्यालय प्रमुखले पनि अबका दिनमा सिको गर्ने बातावरण तयार भएको बताए थिए ।
डिएसपी सुन्दर तिवारिले इलाका प्रहरी कार्यालय कोहलपुर कार्यालय सन्देश मुलक गराउने प्रयास गरेको र सेवाग्रहीलाई घटनाको प्रकृति हेरेर सहज रुपमा कामको थालनी गरेको बताउनु भयो । तस्वीरका मध्यमबाट यस क्षेत्रमा रहेका पर्यटीय स्थल, ट्रफिक व्यवस्थापन सम्बन्धी जनाकारी लगायतका बिषय बस्तुहरु इलाक प्रहरी कार्यालय भित्र देख्न सकिन्छ । कार्यक्रममा उत्कृष्ठ कार्य सम्पादन गर्ने प्रहरीलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १ : ११ बजे