७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

प्रशिक्षणपछि १ हजार ६ सय कामदारलाई काम दिन उद्योगहरुसँग सम्झौता



काठमाण्डौ माघ १५, ( कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि उद्योगहरुसँग सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसङ्घ र परिसङ्घमार्फत् कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रममा सहभागी हुने उद्योगहरूबीच सम्झौता भएको हो ।

सम्झौता गर्ने उद्योगहरूमा लिटमस इन्डस्ट्रिज प्रालि, अरिहन्त मल्टिफाइबर्स लिमिटेड, किरण सुज म्यानिफ्याक्चर्स प्रालि, बाबा जुट मिल प्रालि, मोर्डन स्लिपर इन्डस्ट्रिज प्रालि र रन सुज इन्डस्ट्रिज प्रालि रहेका छन् ।

सम्झौता अनुसार यी उद्योगले एक हजार ६६५ जना प्रशिक्षार्थी कामदार छनोट गरी प्रशिक्षण दिएर त्यसपछि कम्तीमा १८ महिनाको रोजगारी दिनेछन् । श्रमयोग्य जनशक्तिलाई सीपयुक्त बनाइ आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीको अवसर दिन र रोजगारमूलक तथा सीपमूलक तालिम प्रदान गर्न सरकारले बजेट विनियोजन गरेको छ।

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि अनुसार यस कार्यक्रममा सहभागी हुने प्रशिक्षार्थीका लागि बढीमा तीन महिना अवधिको पारिश्रमिक सरकारले बेहोर्नेछ । यो कार्यक्रम गएको वर्षदेखि नै कार्यान्वयनमा आएको भए पनि यसको प्रभावकारिता भने निकै कम देखिएको छ।

१२ हजार जनालाई रोजगारी दिने अपेक्षा गरिएकोमा अहिलेसम्म एक सय ५३ जनालाई मात्रै यो कार्यक्रमअन्तर्गत रोजगारी मिलेको छ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ८ : ०९ बजे