७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

जिप दुर्घटना हुँदा अर्घाखाँचीमा पाँच जना घाइते



अर्घाखाँची, माघ २३, अर्घाखाँचीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिकाबाट सन्धिखर्क आउँदै गरेको लु १ ज ४१६८ नम्बरको जिप सोही नगरपालिका–७ बरबासमा जिप दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते पाँच जनाको जिल्ला अस्पाताल सन्धिखर्कमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिनुभयो । जिपमा ७ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ८ : ५३ बजे