९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

पशुमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान संचालन




तौलिहवा, माघ २५, कपिलबस्तुमा पशुमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुले तौलिहवामा राखेको खोरेत रोग उन्मूलन अभियान भयाक्सिनेटर अभिमुखीकरण कार्यक्रममा सो जानकारी गराइएको हो ।

केन्द्रका प्रमुख डा। प्रवेज आलमका अनुसार लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७६।०७७ देखि नै खोरेत रोग नियन्त्रणका लागि अभियानको रुपमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । जसअन्तर्गत चालु आर्थिक वर्षमा कपिलवस्तु जिल्लामा पहिलो चरणमा ५० हजार पशुहरुमा खोरेत विरुद्धको खोप अभियानको सुरुवात गरिएको उहाँले बताउनुभयो।

साथै अर्को चरणको अभियान सञ्चालन गर्न थप ५० हजार पशुहरुमा खोप लगाउने योजना रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ूखोप लगाउनको लागि ५२ जना भयाक्सिनेटरहरुको परिचालन गरिएको छ ।ू महामारीका रुपमा रहेको खोरेत रोगको नियन्त्रण गरी क्षति न्यूनीकरण गर्न सरकारी योजना अनुसार यो अभियान चलाइएको प्रमुख आलमले बताउनुभयो ।

खोप लगाए वापत भयाक्सिनेटरहरुले प्रति पशु १५ रुपियाँ र सफ्टवेयर इन्ट्री गरेबापत रु। १० गरी पच्चिस रुपियाँ पाउनेछन् । भयाक्सिनेटरहरु कृषकरुको गोठमै गएर निःशुल्क रुपमा खोप लगाइने छ ।

पशु पन्छी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख लोकराज भुसालका अनुसार खोरेत रोग भाइरसका कारण खुर भएको जनावरहरुबाट खोरेत रोग फैलिने गरेको बताउनुभयो। खोरेत रोग खुर भएका गाई, भैँसी, घोडालगायतका पशुहरुको स्वास्थ्यमा गम्भीर असार पार्ने गरेको उहाँको भनाइ छ । उहाँले खोरेत रोग नियन्त्रणका लागि प्रदेशमै बृहत् अभियान विगत वर्षदेखि नै सञ्चालन हुँदै आएको बताउनुभयो ।

जिल्लाको बाणगङ्गा नगरपालिकामा छ हजार ५ साय, शिवराजमा ५ हजार ५ सय, महाराजगञ्ज, बुद्धभूमि र कृष्णनगर नगरपालिकामा पाँचपाँच हजार, कपिलवस्तुमा ४ हजार ५ सय खोरेत खोप वितरण गरिएको छ । त्यस्तै, जिल्लाको मायादेवी चार हजार ५ सय, शुद्धोधन र विजयनगर गाउँपालिकामा पाँच पाँच हजार र यशोधरा गाउँपालिकामा चार हजार खोप पठाइएको छ ।

खोरेत रोग लागेका पशुहरुलाई ज्वरो, मुख तथा थुन वरिपरि फोका, खुरको कापमा घाउ, खान रुचि खट्नु, खान नसक्नु, झोक्राउनु, झुसिलो देखिनु, मुखबाट र्‍य ाल काढ्नु लगायतका लक्षण देखापर्ने गरेका छन् । खासगरी खोरेत रोग सिधा सम्पर्क, हावामा फैलिएका जनावरको श्वासप्रश्वास, दुध, वीर्य, दानामा प्रयोग भएको सङ्क्रमित एनिमल प्रोटिनका स्रोतहरुबाट फैलिने गरेको पशु प्राविधिकहरुको भनाइ छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ११ : ४१ बजे