७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आजबाट नेपालगन्ज देखि डोल्पासम्म सिधा बस सेवा सुरु




कोहलपुर बाँके फागुन २– हिमाली जिल्ला डोल्पासम्म नेपालगन्जबाट सिधा बस सेवा सुरु भएको छ । स्थानीय सरकारका जनप्रतिनिधि लगायत सरोकारवालाको उपस्थितिमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायले उद्घाटन गर्नुभयो ।

अघिल्लो बर्ष पनि दुनैसम्म सिधै बस सेवा स‌चालन गरिएता पनि निरन्तरता पाएको थिएन । फोक्सुन्डो यातायात प्रालिका अध्यक्ष विशाल रोकायले डोल्पाबाट सिधै नेपालगन्ज तथा सुर्खेतसम्म बसमा यात्रा गर्न सहज हुने बताउनुभयो ।
तल्नुबगर स्थित भेरी नदिमा एक महिना पहिले ह्युम पाइप राखेपछि ठुला बस भित्रिएका हुन् । सोहि ठाउँमा निर्माणाधिन बेलिब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।
डोल्पा गाडी पुगेपछि अब दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गर्दै नेपालगन्ज,सुर्खेत लगायतका शहर बजार पुग्नुपर्ने बाध्यता हटेको छ । डोल्पाबाट साना गाडीमा एकै दिनमा र ठुला बसमा १८ घन्टामा नेपालगन्ज पुग्न सकिने यातायात समितिले जनाएका छन् ।

डोल्पा देखि नेपालगसम्मको बसको तीन हजार आठसय र साना जीपको चार हजार आठसय गाडी भाडा तोकिएको छ ।
भेरी करिडोर अन्तर्गत पर्ने जाजरकोट(डोल्पा सडकमा एक दर्जन धेरै मोटरेवल पुल निर्माण गर्न बाँकी छ ।
पक्की पुल नभएकै कारण आज सुरु भएको सिधा बस सेवा बर्खामा खोलानाला बडेपछि अवरुद्घ हुने गर्दछ ।
अब देखि यात्रुलाई सहज हुनुकासाथै स्थानीय उत्पादनले समेत बजार पाउने बताइएको छ ।।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १२ : ५२ बजे