७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

‘कर्णाली उत्सव ः कुडा कर्नालीका’ को पाँचौँ संस्करण शुरु



सुर्खेत फागुन ५, – ‘कर्णाली उत्सव स् कुडा कर्नालीका’ को पाँचौँ संस्करण सुर्खेतको बुलबुले उद्यानमा शुरु भएको छ । उत्सवको उद्घाटन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले गर्नुभयो ।

तीन दिनसम्म सञ्चालन हुने उत्सवमा प्रकोप र पुनर्निमार्ण, समाज, साहित्य र विकास, लोकतन्त्र र सुशासनका विषयमा छलफल हुनेछ । उत्सवमा कर्णालीको रूपान्तरणका लागि गन्थन, मन्थन र चिन्तन हुने आयोजक ऋति फाउन्डेशनले जनाएको छ ।

कर्णाली उत्सवका कार्यकारी निर्देशक दिनेश गौतमले २०७६ सालदेखि कर्णालीमा राष्ट्रियस्तरको बहसको कार्यक्रमको आवश्यकता महसुस गरेर शुरु भएको कर्णाली उत्सवको यात्रा चलिरहेको बताउनुभयो ।

उत्सवको पाँचौँ संस्करणमा विभिन्न १३ वटा सेसन, तीन वटा पैकेलोको प्रस्तुति, तीन वटै विद्वत प्रवचन र हरेक दिन साङ्गीतिकरसाहित्यिक साँझ रहने छन् । आयोजकले यो उत्सवलाई कर्णालीलाई चिन्ने र चिनाउने बहस तथा विमर्शको रूपमा लिने गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १ : ५० बजे