७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

थाइल्यान्डका पूर्व प्रधानमन्त्री धरौटीमा रिहा




एजेन्सी फागुन ७, थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा धरौटीमा रिहा भएका छन् । भ्रष्टाचार र शक्ति दुरुपयोगको मुद्दामा दोषी ठहर भएका सिनावात्रा जेलबाट रिहा भइ घर बैङ्कक गएका छन् ।दोषी ठहर भइ एक वर्ष जेल सजाय प्राप्त गरेका अर्बपति सिनावात्रा पुलिस अस्पतालबाट नै छाडिएका बीबीसीले जनाएको छ । गएको अगस्टमा थाइल्यान्ड फर्किएलगत्तै ७४ वर्षीय सिनावात्रालाई पक्राउ गरिएको थियो। सिनावात्रा १५ वर्षको स्वःनिर्वासनमा गएका थिए ।

स्वास्थ्य स्थितिको समस्या देखाइरहेका सिनावात्रा कुनै दिन पनि जेलमा बसेनन् । सिनावात्रालाई सुनाइएको ८ वर्षको सजायलाई थाइल्यान्डका राजाले एक वर्षमा घटाएका थिए त्यो पनि उनलाई पूरा गर्नु परेन । थाइल्यान्डका धेरै नागरिकले यो मुद्दालाई चौतर्फी रुपमा विरोध गर्दै धनाढ्य र पहुँचवालालाई प्रदान गरिने विशेषाधिकारको आलोचना गरिरहेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १२ : ४८ बजे